logo-img

आईएल टी-२० मा कुशलको टिमको दोस्रो जित, दीपेन्द्रआबद्ध गल्फको खराब प्रदर्शन जारी

तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी–२० लिग (आईएल टी–२०) मा नेपाली अलराउन्डर कुशल मल्लआबद्ध डेजार्ट भाइपर्सले लगातार दोस्रो जित निकालेको छ ।

दोस्रो जित दर्ता गर्नेक्रममा डेजार्टले गएराति सम्पन्न खेलमा अर्का नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई ६ विकेटले हरायो ।  

गल्फले दिएको १२० रनको सामान्य लक्ष्य डेजार्टले १७.४ ओभरमा पूरा गर्‍यो । यस खेलमा पनि कुशल र दीपेन्द्रले भने प्लेइङ–११ मा मौका पाएनन् । उनीहरूले पहिलो खेलमा पनि प्लेइङ–११ मा मौका पाएका थिएनन् ।  

दीपेन्द्र दोस्रो तथा कुशल पहिलोपटक आईएल टी–२० मा आबद्ध छन् । 





  • प्रकाशित मिति : माघ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया