निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा चलचित्र निर्माण हुने उनले बताए ।
चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दशक समक्ष पुर्याउन लगिएको बताए ।
‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । माघमै हामी छायाङ्कन गर्दैछौँ,’ उनले भने ।
ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गर्ने छन् । चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनिल थापालगायत कलाकारले अभिनय गर्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।