दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । उनलाई दक्षिण कोरियाको प्रहरीले बुधबार सयलस्थित निवासबाटै पक्राउ गरेको हो ।
योलले ३ डिसेम्बरमा सैनिक कानुन लगाउने घोषणा गरेका थिए । यद्यपि त्यसको चौतर्फ विरोध भएपछि केही घण्टामै उनी आफ्नो कदम फिर्ता लिन बाध्य भए ।
योल पक्राउ पुर्जी जारी हुने दक्षिण कोरियाका पहिलो राष्ट्रपति हुन् । मुलुकमा सैन्य शासन लगाएपछि दक्षिण कोरियाको संसदले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरेको थियो । महाभियोगको प्रस्ताव पारित भएसँगै उनी पदबाट निलम्बित भएका थिए ।
प्रहरीले यसअघि पनि योललाई पक्राउ गर्ने प्रयास गरेको थियो । करिब ६ घण्टा लामो प्रयास गर्दा पनि प्रहरी उनलाई पक्राउ गर्न असफल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।