यू–१९ महिला टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई ५९ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनायो ।
नेपालका लागि कप्तान पूजा महतोले २२ बलमा सर्वाधिक १० रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । यस खेलमा नेपालका तीन ब्याटर रनआउट भए । नेपालले पहिलो अभ्यास खेलमा वेस्ट इण्डिजविरुद्ध ९ रनको पराजय बेहोरेको थियो ।
त्यस खेलमा वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १ सय रनमा अलआउट भयो । आउँदो शनिबारदेखि सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।
नेपालले समूह चरणमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल पहिलोपटक यू–१९ महिला विश्वकप खेल्न लागेको हो ।
यो पनि पढ्नुहोस्, यू-१९ विश्वकप : नेपाललाई इतिहास रच्ने मौका, कस्ता छन् प्रतिद्वन्द्वी ? [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।