प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेता सहभागी छन् ।
आजको बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।
बैठकमा रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् ।
यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन् ।
आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक पनि बस्दैछ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
आजै अपरान्ह ४ बजे माओवादीले पदाधिकारी बैठक पनि बोलाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।