नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय तथा चाँदी १० रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको थियो । यस्तै, हिजो १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।