logo-img

रियाको उत्कृष्ट बलिङका बाबजुद अमेरिकाविरुद्ध नेपाल पराजित

यू–१९ महिला टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकाविरुद्ध नेपाल ५ विकेटले पराजित भएको छ । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो हार हो । नेपालले पहिलो खेलमा वेस्ट इण्डिजविरुद्ध ९ रनको हार बेहोरेको थियो ।  

दोस्रो खेलमा पहिला ब्याटिङ गर्दै नेपालले ५८ रन बनायो । ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि इसानी वाघेलाले सर्वाधिक २४ रन बनाइन् । 

नेपालका लागि बलिङमा रिया शर्माले ४ ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । यस्तै, कप्तान पूजा महतोले तीन ओभरमा १० रन खर्चेर एक विकेट हात पारिन् । 

त्यसअघि मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनायो । नेपालका लागि कप्तान पूजा महतोले २२ बलमा सर्वाधिक १० रन बनाइन् ।



बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । यस खेलमा नेपालका तीन ब्याटर रनआउट भए । 

आउँदो शनिबारदेखि सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालले समूह चरणमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाल पहिलोपटक यू–१९ महिला विश्वकप खेल्न लागेको हो । 

यो पनि पढ्नुहोस्, यू-१९ विश्वकप : नेपाललाई इतिहास रच्ने मौका, कस्ता छन् प्रतिद्वन्द्वी ? [भिडियोसहित]



  • प्रकाशित मिति : माघ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया