logo-img

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ
फाइल तस्बिर

सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बुधबार दिउँसो पक्राउ गरेर प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए ।  

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिएर प्रहरीले तामाङलाई काठमाडौंबाट पक्राउ गरेको हो । 

तामाङले विभिन्न सार्वजनिक स्थलमा पुगेर भिडियो बनाउने तथा ‘अभद्र शैली’मा प्रस्तुत हुने गरेकी थिइन् ।  उनले ती भिडियोहरूलाई सामाजिक सञ्जालमा राख्ने गरेकी थिइन् ।  





  • प्रकाशित मिति : माघ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया