राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि हातपात गर्ने आफ्नो पार्टी सदस्य भए कारबाही गर्ने जनाएको छ । बुधबार कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै त्यस्तो बताएका हुन् ।
काठमाडौं जिल्ला अदालत परिसरभित्रै रास्वपा कार्यकर्ताले अधिवक्ता त्रिपाठी माथि हातपातको प्रयास गरेका थिए ।
‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन आयोगको समेत ध्यानाकर्षण भएको छ र सो घटनामा यदि पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा पार्टी विधान बमोजिम कारबाही हुने स्पष्ट पार्न चाहन्छौं,’ कार्यवाहक प्रवक्ता मनिष झाले भनेका छन्, ‘साथै दोषी जो कोही भएपनि निजलाई कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।