logo-img

आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
फाइल तस्बिर

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । 

तराईका केही स्थानमा हुस्सु लागेको छ । आज देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

यस्तै, बिहीबार गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।  

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।   
 







  • प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया