logo-img

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार
फाइल तस्बिर

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बुधबार राति घरमै प्रवेश गरेर अज्ञात व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारअघि ती व्यक्ति र सैफबीच हातपात भएको थियो । सोहीक्रममा खान चक्कु प्रहारबाट घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । अहिले उनको उपचार भइरहेको छ ।

प्रहरीले एक व्यक्ति खानको घरमा प्रवेश गरेको र त्यसक्रममा खानका सहयोगीसँग उनको भनाभन भएको जनाएको छ । त्यसैक्रममा खान बचाउका लागि पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।

उक्त व्यक्ति त्यसलगत्तै फरार भएको थियो । अहिले प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको जनाएको छ । अस्पतालले खानलाई ६ ठाउँमा चोट लागेको जनाएको छ ।  







  • प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया