logo-img

भन्सारसम्बन्धी कानुनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले भन्सारसम्बन्धी कानुनलाई सुधार गर्नेभन्दा फरक विकल्प दिने बेला भएको बताएका छन् । 

बिहीबार अर्थ समितिमा भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग भएको छलफलमा उनले विज्ञहरू भएपछि १० लाई १५ गर्ने खालको सुधारभन्दा पनि र्‍याडिकल विकल्प दिनुपर्ने बताए ।  

‘यसलाई सुधार गर्ने कुरा गर्दैगर्दा ७० वर्षदेखि चलेको प्रक्रिया पुरानो भयो । अलिकति फरक विकल्प दिने बेला भएन र ? तपाईंहरू जतिको बुझेका मान्छेहरूले १० लाई १५, १७ लाई १९ जस्तो खालको सुधार उपयोगी होला तर र्‍याडिकल विकल्प दिने हो भने सजिलो हुन्थ्यो,’ वाग्लेले भने ।

यस्तै, उनले कुनै सामान आयात गर्दा त्यसको शुल्क यति, भ्याट उति भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै थाहा हुने हो भने सजिलो हुने बताए । कति लागतमा आयात गर्दा कति तिर्ने भन्नेकुरा थाहा हुनुपर्ने उनको भनाइ छ । 



‘यो वस्तुको यति शुल्क लाग्छ भन्सार, त्यसमा यति शुल्क थप्छौँ, त्यसमा १३ प्रतिशत भ्याट यति लाग्छ भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै लाग्ने कति हो भन्ने कुरा थाहा होस् । कसैलाई सोध्न जान नपरोस् । पैसा खुवाएर तलमाथि पनि गर्न नपरोस् । सामान लिएर आएका मान्छेले सरकारले तोकेको रेटहरू डिजिटलरूपमा तिर्न पाउनुपर्छ,’ वाग्लेले भने ।





  • प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया