सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति गठन गरेको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको हो ।
बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ । सदस्यहरू अर्को बैठकले तोक्ने कांग्रेसले जनाएको छ ।
बैठकले पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको पनि प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
उनका अनुसार बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाको भर्त्सना गर्नुका साथै दोषीमाथि कारबाहीको माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।