सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश जारी गरेको छ ।
झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
बिहीबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजालसले बेचनलाई थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको हो । झा यसअघि नै पक्राउ परि केन्द्रीय कारागार जगन्नाथदेवलमा छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । गत असार १४ गते झा र थापा पक्राउ परेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।