logo-img

विपक्षी दलको बैठक आज पनि बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी
फाइल तस्बिर

संघीय संसदका विपक्षी दलको संयुक्त बैठक आज बस्दै छ ।

दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बस्ने बैठकमा संसदको विशेष आह्वानको मागसँगै सरकारको हालसम्मको अवधिको समीक्षा गरिने बताइएको छ ।    

बैठकपछि विपक्षी दलहरूले वर्तमान सरकार र अध्यादेशबारे साझा धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । 

सरकारले संसदको अधिवेशन बोलाउन ढिलाइ गरेको र अध्यादेशबाट एकैपटक २९ वटा कानुन संशोधन गरेको विषयमा विपक्षी दलहरूले साझा धारणा बनाउन लागेका हुन् । 



सरकारले अध्यादेशमार्फत केही विवादास्पद कानुन संशोधन गरेपछि विपक्षी दलले सरकारप्रति कडा नीति लिने देखिएको हो ।  





  • प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया