logo-img

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्र

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।  

चालू आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। चालूको तुलनामा पूँजीगत खर्च कम भएको पौडेलले बताए ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ ।

सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४.६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।  







  • प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया