logo-img

‘कर्साङ’ को कथावस्तुप्रति शेर्पा समुदायको आपत्ति

नेपाली चलचित्र ‘कार्साङ’ विवादमा तानिएको छ । विवादको कारण हो, चलचित्रमा समावेश कथावस्तु ।

‘कार्साङ’ मा गलत कथावस्तु प्रस्तुत गरेको भन्दै शेर्पा समुदायले आपत्ति जनाएको छ । चलचित्रमा देखाइएको ‘बलि’ र ‘छेवर’आफूहरूको संस्कार र संस्कृतिभित्र नरहेको भन्दै सो समुदायले आपत्ति जनाएको हो । 

शेर्पा चलचित्र संघले विज्ञप्ति जारी गर्दै चलचित्रमा शेर्पा संस्कृति र परम्पराको दुरुपयोग गरेको भन्दै सार्वजनिकरूपमा माफी माग्नसमेत माग राखेको छ ।

‘शेर्पाहरू  बुद्ध धर्ममा आस्था राख्ने समुदाय हो । बलि दिने प्रथा शेर्पा समुदायको हो भन्नु गलत हो’,  विज्ञप्तिमा भनिएको छ ।



गत २६ पुसदेखि प्रदर्शन भइरहेको चलचित्र कार्साङमा दयाहाङ राई शीर्ष भूमिकामा छन । चलचित्र यम शेर्पाले निर्देशन गरेका हुन् । 
 





  • प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया