गायिका एलिना चौहानले गत वैशाखमा प्रेमी विष्णु सापकोटासँग विवाह गरिन् । बिहेलगत्तै उनी विष्णुसँगै अस्ट्रेलिया लागिन् ।
एलिना आफ्नो म्युजिक करियरसमेत दाउमा राखेर अस्ट्रेलिया गएकी थिइन् । तर, उताको बसाई छोट्याएर उनी एक्कासि नेपाल आएपछि उनीहरूबीचको दाम्पत्य जीवन सुमधुर नभएको हल्ला चलेको थियो ।
डिभोर्सको हल्लाबीच एलिनाले ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ बोलको गीत नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् ।
हल्लासँग मेल खाने बोलको गीत सार्वजनिक भइरहँदा एलिना-विष्णुको जोडीबीच सम्बन्ध चिसिएको कुराले बल पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।