logo-img

नेपाली पुरुष टिम पनि खो खो विश्वकपको सेमिफाइनलमा, फाइनल पुग्न इरानसँग खेल्दै

नेपाली पुरुष टिमले पनि भारतमा जारी खो खो विश्वकपको सेमिफाइनलको यात्रा गरेको छ । 

दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा शुक्रबार भएको क्वाटरफाइनलमा बंगलादेशलाई ६७–१८ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’ मा नेपालले ४ खेलबाट ६ अंक जोड्यो । 

समूह चरणमा नेपालले भारतविरुद्ध मात्र ४१–३७ को हार बेहोरेको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४–८, पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हरायो ।



नेपालले अब फाइनल प्रवेशका लागि शनिबार इरानसँग खेल्दैछ । 

यस्तै, नेपाली महिला टोली पनि खो खो विश्वको सेमिफाइनलमा पुगेको छ । शुक्रबार इरानलाई  १०३–८ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।  

समूह चरणमा नेपाल समूह ‘सी’ विजेता बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो ।  

नेपालले अब फाइनलमा स्थान बनाउन युगान्डासँग खेल्ने भएको छ । 



  • प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया