logo-img

लयमा फर्किँदै घरजग्गा कारोबार, पुस मसान्तसम्म ४ अर्ब २५ करोड राजश्व संकलन
फाइल तस्बिर

घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ ।​ देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत मङ्सिरको तुलनामा गत पुसमा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।

गत मङ्सिर महिनामा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म ४ अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ । 

विभागका अनुसार सो महिनामा सेवा करबाट रु ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ सङ्कलन भएको छ । यस्तै, रजिस्ट्रेसन दस्तुरबाट २ अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट १ अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ प्राप्त भएको छ । 

काठमाडौं उपत्यकाभित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।



यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले २ लाख ८९ हजार ८४, मालपोत कार्याल भक्तपुरले २९ करोड ७६ लाख १३ हजार २ सय ७१, मालपोत कार्यालय डिल्लीबजारले रु २१ करोड ९० लाख ९९ हजार छ सय ८५ राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले २२ करोड ९३ लाख ८० हजार तीन सय ६७, कलङ्की मालपोतले २१ करोड ९३ लाख ७१ हजार सात सय ९२, मालपोत कार्याल साङ्खुले १० करोड ३२ लाख ५९ हजार ६ सय २२, मनमैजुले ६ करोड ६८ लाख २९ हजार पाँच सय ६१, मालपोत कार्यालय टोखाले ६ करोड ७७ लाख ३४ हजार छ सय ९७ बराबरको राजश्व सङ्कलन गरेको छ ।



यस्तै, मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख तीन हजार चार सय ८१, मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार दुई सय ५७ राजश्व सङ्कलन गरेको छ ।  

गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएको थियो । रासस



  • प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया