राष्ट्रपति युन सुक योलको महाभियोगमा चलिरहेको राजनीतिक अनिश्चितताका कारण दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरूले घाटा व्यहोर्नु परेको छ । कोरिया फेडेरेसन अफ एसएमईले हालै गरेको सर्वेक्षण अनुसार ५१३ उत्तरदाता एसएमईमध्ये २६.३ प्रतिशतले राजनीतिक अस्थिरताका कारण नोक्सान भएको बताएका छन् ।
सियोल महानगरीय क्षेत्रमा इलेक्ट्रोनिक कम्पोनेन्ट निर्माता कम्पनीका महाप्रबन्धक पार्क ब्युङ–जिनले भने,‘मुख्य कम्पोनेन्टका विदेशी आपूर्तिकर्ताहरूले जम्मा रकमको कुल भुक्तानीको ३० प्रतिशतबाट ७० प्रतिशतमा पुर्याएका छन् । कतिपयले डेलिभरी अघि पूरा भुक्तानी गर्नुपर्नेछ । तर उनीहरू देशमा राजनीतिक गतिरोधको बारेमा चिन्तित छन् ।’
उनले बारम्बार विदेशी आपूर्तिकर्ताहरूलाई सम्झौताहरू पूरा गर्न अनुरोध गरेको बताए । यूनको महाभियोग पछि कार्यवाहक राष्ट्रपतिको रूपमा प्रधानमन्त्री हान डक सूलाई महाभियोग लगाएपछि, दक्षिण कोरियाली विनिमय दर ओरालो लागेको छ ।
विनिमय दरमा तीव्र गिरावटले कच्चा पदार्थ र ऊर्जाको आयातमा धेरै निर्भर रहेको दक्षिण कोरियाको अर्थतन्त्रलाई गम्भीर धक्का पुगेको छ । ‘अमेरिकी डलर बलियो हुँदा कच्चा पदार्थको लागत र डलर निर्धारित ऋणको बोझ बढ्नेछ । देशको व्यवसायलाई जोखिममा पार्ने र आयात मूल्यमा वृद्धिले पनि वित्तीय तनावलाई बढाउँछ, अर्थशास्त्रीहरूले भनेका छन् ।
यता महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
योलमाथि ३ डिसेम्बर २०२४ मा देशमा ‘मार्सल ल’ लागू गरेको अभियोगमा छानबिन गर्न पक्राउ गरिएको जनाइएको छ । योलले गत गत महिना देशमा आपतकालीन अवस्था घोषणा गर्दै सैन्य कानुन लगाउने घोषणा गरेका थिए । (सीसीटीभीप्लस)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।