नेपाली चर्चित अलराउन्डर दीपेन्द्र सिंह ऐरीसम्मिलित गल्फ जायन्ट्सले यूएईमा जारी तेस्रो संस्करणको इन्टरनेशनल लिग टी–२० (आईएल टी–२०) मा पहिलो जित निकालेको छ ।
पहिलो जित निकाल्नेक्रममा उसले शनिबार राति सम्पन्न खेलमा दुबई क्यापिटल्सलाई ६ विकेटले हरायो ।
यस खेलमा दुबईले दिएको १ सय ६६ रनको लक्ष्य गल्फले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दीपेन्द्रले भने तेस्रो खेलमा पनि प्लेइङ–११ मा मौका पाएनन् ।
दोस्रोपटक आईएल टी–२० खेलिरहेका उनले हालसम्म यस लिगमा डेब्यूको मौका पाएका छैनन् ।
यस्तै, अर्का नेपाली अलराउन्डर कुशल मल्लआबद्ध डेजार्ट भाइपर्सले आईएल टी–२० मा लगातार चौथो जित निकालेको छ ।
चौथो जित दर्ता गर्नेक्रममा डेजार्टले शनिबार सम्पन्न खेलमा आबुधाबी नाइट राइडर्सलाई ५३ रनले हरायो ।
यस खेलमा पहिला ब्याटिङ गरेको डेजार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनायो । १ सय ९४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको नाइट राइडर्स १७।४ ओभरमा १ सय ४० रनमै अलआउट भयो ।
कुशल भने यस खेलमा पनि प्लेइङ–११ मा थिएनन् । उनले मौका नपाएको यो चौथो खेल हो । कुशल पहिलोपटक यो लिगमा आबद्ध छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।