logo-img

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना

ला लिगामा बार्सिलोनाले गेटाफेसँग १–१ को बराबरी खेलेको छ । ला लिगामा बार्सिलोना जित दर्ता गर्न नसकेको यो लगातार चौथो खेल हो । गेटाफेविरुद्धको खेलमा बार्सिलोनाले अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो ।  

खेलको नवौँ मिनेटमा जुलेस कोन्डले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले पेड्रीको उत्कृष्ट पास गोल गरेका हुन् । गेटाफेका लागि मउरो अराम्बारीले ३४औँ मिनेटमा बराबरी गोल फर्काए । 

२० खेलबाट ३९ अंक जोडेको बार्सिलोना अहिले तालिकामा तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिडभन्दा ऊ चार अंकले पछाडि छ । यस्तै, बार्सिलोना शीर्ष स्थानको एट्लेटिकोभन्दा पाँच अंकले पछि रहेको छ । 







  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया