logo-img

लिभरपुलको जितमा नुनेजको दुई गोल

डार्बिन नुनेजले अन्तिम चार मिनेटमा दुई गोल गर्दा ब्रेन्टफोर्डविरुद्ध लिभरपुल विजयी भएको छ।

इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डविरुद्ध लिभरपुलले २–० ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलको जितमा डार्बिन नुनेजले अन्तिम चार मिनेटमा दुई गोल गरे ।

घरेलु मैदानमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीको अवस्थामा थिए । ९० मिनेटपछि चार मिनेट थपिएको स्टपेज टाइमको पहिलो मिनेटमै डार्बिन नुनेजले गोल गरे ।

अलेक्जेन्डर आर्नल्डको उत्कृष्ट पासमा नुनेजले डिबक्स भित्रबाट सानदार गोल गरे । त्यसपछि दबाबमा देखिएको ब्रेन्टफोर्डविरुद्ध त्यसको दुई मिनेटमै नुनेज गोल गर्न सफल भए । दोस्रो गोलका लागि इलियटले असिस्ट गरेका थिए ।



नुनेज ६५ मिनेटमा लुइज सब्स्टिच्युट गर्दै मैदान प्रवेश गरेका थिए । यो जितपछि लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । उससँग अहिले ५० अंक छ । पराजित ब्रेन्टफोर्ट ११ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया