logo-img

लगानीको वातावरण सिर्जना गर्न अध्यादेश जारी : गृहमन्त्री लेखक
‘वर्तमान सरकार आगामी निर्वाचनसम्मै कायम रहन्छ’
फाइल तस्बिर

गृहमन्त्री रमेश लेखकले लगानीको वातावरण सिर्जना गर्न र उद्योगलाई अगाडि बढाउन कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले चाँडै संसदको अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।

‘अधिवेशन बोलाउनेबित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुन्छन्, पछि प्रतिस्थापन गर्ने कानुन बन्छन्’, गृहमन्त्री लेखकले भने, ‘यसरी समयसापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै हामी विकास र समृद्धिको गतिमा अगाडि बढिरहेका छौँ ।’  

उनले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन पनि अनुरोध गरे । ‘दुई पार्टीका बीचमा सातबुँदे सहमति भएका छन्, हामी त्यो सहमति कार्यान्वयन गर्छौँ, त्यहीअनुसार सरकार अघि बढ्छ’, उनले भने, ‘हाम्राबीचमा कुनै समस्या छैन, बेलाबेलामा विभिन्न खालका हल्ला सुन्ने गरिन्छ, यो सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ ।’



गृहमन्त्री लेखकले महाकाली नदीमा निर्माण भइरहेको पुलमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह चाँडै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।   





  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया