वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो सङ्ख्या ६५ हजार ८१३ थियो ।
गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रूपमा बिदेसिनेको सङ्ख्या भने बढेको देखिएको छ ।
व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको हो । व्यक्तिगत रूपमा जानेको सङ्ख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्याङ्कले देखाएको छ ।
विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६ प्रतिशतले घटेको छ । पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रूपमा जानेको सङ्ख्या २ लाख ५ हजार ९४५ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।