logo-img

यू-१९ विश्वकपमा श्रीलंकाविरुद्ध आयोजक मलेसिया २३ रनमै अलआउट

दोस्रो संस्करणको आइसिसी यू–१९ महिला क्रिकेटअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा आयोजक मलेसिया २३ रनमै अलआउट भएको छ ।

आइतबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको यस खेलमा श्रीलंकाले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउनेक्रममा मलेसिया १४.१ ओभरमा २३ रनमै अलआउट भएको हो । उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका लागि चामोदी प्रबोदाले चार ओभरमा २ मेडनसहित ५ रन दिएर सर्वाधिक तीन विकेट लिइन् ।



त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

उसका लागि दहमी सानेत्माले ५२ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाइन् । श्रीलंका र मलेसियाको यो पहिलो खेल थियो । जारी विश्वकपमा नेपालको पनि सहभागिता छ ।



समूह ‘डी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डको सामना गर्नेछ । नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध ५ विकेटले पराजित भएको थियो । 



  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया