logo-img

जग्गा तथा आवास विकास महासंघको अन्तरक्रिया

नेपाल जग्गा तथा आवास विकास महासंघले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

शुक्रबार घरजग्गा संघ मकवानपुरको व्यवस्थापनमा जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव) को सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया तथा छलफल कार्यक्रमका अवसरमा जग्गा तथा आवास विकास महासंघले मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश र जिल्ला शाखा मकवानपुरका अध्यक्षसहितको पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । यस्तै, संघका आजीवन सदस्यलाई पनि सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख बनियाँले व्यापार व्यवसायीको संरक्षण गर्न सबैले ध्यान दिनुपर्ने बताए । बागमती प्रदेशको राजधानी हेटौंडा भएका कारणले यसको संरक्षण गर्न नसके प्रदेशको राजधानी नामको मात्र हुने उनले धारणा राखे । आफू पनि व्यावसायिक क्षेत्रमा आबद्ध भएका कारण बढी व्यापार भएको अवस्थामा छापा मार्ने अवस्था पनि सिर्जना हुने गरेको उनले बताए ।   



संघीय सरकारको काम राम्रो नीति बनाउने र स्थानीयको सेवा प्रदान गर्ने काम रहेको उनले बताए । कानुन भएता पनि मुखको मात्र कानुन भएका कारण समस्याको समाधान गर्नुपर्ने उहाँले बताए । 

हेटौंडा उपमहानगरपालिका धेरै वडाध्यक्षहरू घरजग्गाको व्यवसायमा आबद्ध रहेको उनले बताए । उद्योगले निजी क्षेत्रलाई समेट्न आवश्यक रहेको उनको भनाइ छ । स्वास्थ्यका लागि पूर्वाधार राम्रो बन्दै गएकाले बस्ती विकासका लागि बलियो सम्भावना रहेको उनको धारणा छ । स्थानीय तहबाट आफूले गर्नुपर्ने सिफारिसको कार्यबाट पछि नपर्ने उनले बताए ।  



कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, भूमि आयोग मकवानपुरका अध्यक्ष बलराम बल, नेपाल जेसिज वर्ष २०२५ का महासचिव विकेशलाल श्रेष्ठ, जग्गा व्यवसायी संघका जिल्ला उपाध्यक्ष पवन तिमल्सिनालगायत पदाधिकारीको उपस्थिति रहेको थियो । 



  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया