राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको छ ।
लामिछानेलगायतविरूद्ध सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालत रूपन्देहीमा पेस गरिएको हो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
यो प्रकरणमा लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरूद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
यसअघि लामिछानेसहित १४ जनाविरुद्ध पूरक मुद्दा लैजाने भनिएकोमा थप आठ जना गरेर ४२ विरुद्ध पनि पूरक मुद्दा लगिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।