logo-img

अधिवक्ता त्रिपाठीमाथि आक्रमणविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानुन व्यवसायीले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत बार एशोसिएसनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । उक्त प्रदर्शनमा पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुर्व्यवहार गरेको  बताए । 

उनले व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमण भएको बताए । ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ । आक्रमणकलाई गम्भीरतापूर्वक छानबिन गरिनुपर्छ । वकिलहरूको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ  ? यो  महत्वपूर्ण  कुरा हो । मलाई व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा म माथि आक्रमण भएको छ । यसको  सत्यतथ्य छानबिन गरिनुपर्छ । मलाई दुर्व्यवहार गरिएको छ,’ त्रिपाठीले भने ।

प्रदर्शनमा उनीहरूले त्रिपाठीमाथिको आक्रमणको विरोध र कानुन व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । आन्दोलनमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शम्भु थापालगायत बारका पदाधिकारी र सदस्य पुगेका थिए ।




 





  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया