logo-img

यू-१९ विश्वकप : स्कटल्याण्डसँग भिड्दै नेपाल, जितको खाता खोल्न सक्ला ?
दुवै टिम पहिलो जितको खोजीमा

मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

यी दुई टिमबीचको खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ  । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेल खेलिरहेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन् ।



पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध ५ विकेटको पराजय बेहोरेको थियो । 

उक्त खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपाल १८.२ ओभरमा ५२ रनमै अलआउट भो । त्यस खेलमा नेपाली ब्याटर हतारिएको मानसिकताबाट प्रस्तुत भए । र, बंगलादेशविरुद्ध ५ नेपाली ब्याटर रनआउटको सिकार हुन पुगे । 



डेब्यू विश्वकप भएर पनि होला खेलाडी केही आत्तिएका देखिन्थे । नेपालले अब स्कटल्याण्डविरुद्ध त्यो गल्ती दोहोर्याउनु हुँदैन । 



 स्कटल्याण्डविरुद्ध जित निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो हुनेछ । 

यदि सोमबार हार बेहोरेमा नेपालको सुपर सिक्स यात्रा निकै कठिन बन्नेछ । त्यसो भएमा नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनैपर्ने समीकरण बन्न सक्छ । त्यसकारण नेपाली टिमले स्कटल्याण्डलाई हराउन कुनै कसर बाँकी राख्ने छैन ।  

हालसम्म यी दुई टिमले महिला क्रिकेटमा एकअर्काको सामना गरेका छैनन् । सोमबार नेपाल र स्कटल्याण्ड पहिलो भेटमै जित निकालेर इतिहास रच्ने योजनामा पनि हुने छन् ।

यस विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर–६ मा पुग्नेछन् । सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।   

दुवै समूहका शीर्ष दुई/दुई टोलीले सेमिफाइनलको यात्रा गर्ने छन् । 

  • प्रकाशित मिति : १६ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया