logo-img

बैंकिङ सिस्टममा अराजक गतिविधि बढे : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालासँग छलफल गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् । 

‘बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाउँमा छ । यस्ता चुनौतीहरू भए पनि बैंकका साथीहरू खट्नुभएको छ । हामीले पनि निरन्तररूपमा सम्बन्धित निकायमा बैंकिङ सिस्टममा यो अराजकताको असर कति ठूलो छ । दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौँ । र यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ । यस्ता विषयहरू सधैं रहँदैनन् । समाधान हुँदै जान्छन्,’ गभर्नर अधिकारीले भने । 

यस्तै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरू व्यवस्थित हुँदै गएको पनि बताए । 



‘समग्ररूपमा अर्थतन्त्रका आधारभूत कुराहरू एकदमै राम्रो देखिन्छन् । हामी बाह्य क्षेत्रमा सबल छौँ । मुद्रास्फीति पनि धेरै तदसम्म बढेको छ । पछिल्लो महिना बाढी पहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पेय पदार्थतिरको मुद्रास्फीति बढेको छ । तर, पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ । बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरू व्यवस्थित छन् । बैंकहरू नाफा र रिकभर हुँदैछन्,’ गभर्नर अधिकारीले भने ।
 
उनले पछिल्लो २ महिनामा पूँजीगत निर्माणसँग सम्बन्धित सामान आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुँदा निरुत्साहित नहुन पनि आग्रह गरेका छन् ।  





  • प्रकाशित मिति : १४ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया