logo-img

स्कटल्याण्डविरुद्ध नेपालको उत्कृष्ट बलिङ, पूजाले चौथो बलमै लिइन् विकेट

आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरेको छ ।

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा कप्तान पूजा महतोले पहिलो ओभरको चौथो बलमा पिप्पा केलीलाई शून्यमै आउट गरिन् । 

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकासहित सर्वाधिक २७ रन जोडिन् । यस्तै, सावित्रा धामीले ११ बलमा १० रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 



स्कटल्याण्डका लागि माइसी मासिराले घातक बलिङ गरिन् । उनले ३.५ ओभरमा १५ रन दिएर सर्वाधिक ५ विकेट लिइन् ।    





  • प्रकाशित मिति : माघ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया