logo-img

प्रधानमन्त्री कपमा बागमतीले आर्मीलाई हरायो

कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । सोमबार सम्पन्न खेलमा समूह ‘बी’ अन्तर्गतको खेलमा बागमतीले आर्मीलाई १४ रनले हराएको हो । 

हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको खेलमा बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रनमा अलआउट भयो ।

आर्मीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १४ रन जोडिन् । निग्मा तामाङले १३ तथा कप्तान लक्ष्मी साउदले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

बागमतीका लागि सोनु खड्का, कन्चन श्रेष्ठ र मनीषा उपाध्यायले दुई/दुई तथा संस्कृति फुयाँल र विपाशा शाहीले एक/एक विकेट लिए । 



त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन बनायो । उसका लागि ओपनर यशु पाण्डेले सर्वाधिक २५ रन जोडिन् ।

यस्तै, कप्तान कन्चन श्रेष्ठले २४ र यशोदा विष्टले अविजित २० रन बनाइन् । आर्मीका लागि ईश्वरी विष्ट र लक्ष्मी साउदले एक/एक विकेट लिए । यो जितसँगै बागमतीले २ खेलमा २ अंक जोडेको छ । 



ऊ तालिकाको तेस्रो स्थानमा छ । पराजित आर्मी २ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ ।  



  • प्रकाशित मिति : ११ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया