साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक ६.७८ अंक बढेर २६०७.९९ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ । त्यसैगरी फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।
आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार ६ अर्ब २५ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३११ स्टकको ७४ हजार ४०३ पटकको कारोबारमा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।