logo-img

अनुमति नलिई शैक्षिक कार्यक्रम गर्ने भारतीय कम्पनीको तयारी, रद्द गर्न माग गर्दै मन्त्रालयलाई इक्यानको पत्र

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले इडियू अमेरिका नामक भारतीय परामर्शदाता कम्पनीलाई कारबाही गर्न माग गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गर्दै काठमाडौंको  होटल मेरियटमामा शिक्षा मन्त्रालयको अनुमति नै नलिई शैक्षिक कार्यक्रम गर्न लागेको भन्दै इक्यानले मन्त्रालयलाई पत्राचार गरेर कानुनी दायरामा ल्याउनका साथै उक्त कार्यक्रम रद्द गर्न माग गरेको हो ।

भारतीय कम्पनीले नेपालमा सिधै आएर कार्यक्रम गर्न लागेको सूचना प्राप्त गरेपछि त्यसलाई रोक्न शिक्षा मन्त्रालय र सम्बन्धित निकायमा कार्यक्रम रद्द गर्न पत्राचार गरेको इक्यानका महासचिव एवं प्रवक्ता दीपकराज भुसालले जानकारी दिए ।

बुधबार (२२ जनवरी) मा आयोजना गर्न लागेको ‘University of Texas @ Arligton, USA Admission Decision Day’ भनेर सामाजिक सञ्जाललगायतका माध्यमबाट व्यक्तिगत सम्पर्कको आधारमा समेत सिधा भर्नालगायतको प्रलोभन देखाएको जनाउँदै इक्यानले उक्त कार्यक्रम रद्द गर्न माग गरेको हो ।

नेपालमा प्रचलित ऐन, कानुन तथा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका–२०७३’ काविरुद्ध  कार्यक्रम आयोजना गर्न लागेको भन्दै इक्यानले ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।



उक्त निर्देशिका अनुसार स्वदेशी तथा विदेशी अध्ययन संस्थाले अध्ययन सम्बन्धी शैक्षिक परामर्श प्रदान गर्न शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्दा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । तर, अधिकांश शैक्षिक परामर्श संस्थाहरूले मन्त्रालयको स्वीकृति बिना नै शैक्षिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन् ।



नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृति एवं प्रचलित ऐन, कानुन र निर्देशिकाको व्यवस्था भन्दा बाहिर गएर नेपाली विद्यार्थीहरूलाई भर्ना लगायतका सुविधाको प्रलोभन देखाउन भ्रामक विज्ञापन प्रकाशित र प्रसारित गरी गैह्र कानुनी क्रियाकलापमा संलग्न भएका व्यक्ति, समूह तथा सम्बन्धित कलेजका प्रतिनिधिहरूलाई प्रचलित ऐन, कानुन अनुसार कारबाही गर्न इक्यानले मन्त्रालयलाई आग्रह गरेको छ । 

इक्यानले उक्त विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरेको छ । इक्यानबाट उक्त पत्र प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालयले महानगरीय प्रहरी वृत्त मालिगाउँलाई पत्र काटेर आवश्यक कारबाही अघिबढाउनसमेत भनिसकेको छ ।



  • प्रकाशित मिति : ७ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया