logo-img

अमेरिकाले टिकटकमाथिको प्रतिबन्ध १४ घण्टामै किन लियो फिर्ता ?

अमेरिकाले टिकटकमाथि लगाएको प्रतिबन्ध १४ घण्टाभित्रै फिर्ता लिएको छ ।  गत शनिबार टिकटकमाथिको लगाइएको प्रतिबन्ध आइतबारदेखि नियमित गर्ने अनुमति अमेरिकी सरकारले दिए लगत्तै चिनियाँ कम्पनी बाइटडान्सले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप टिकटकले सेवा पुनः सञ्चालनमा ल्याएको हो । 

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यसअघि लगाइएको प्रतिबन्ध नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा स्थगित भएपछि टिकटकले सेवा नियमित गरेको हो । राष्ट्रपति ट्रम्पले आइतबार एक कार्यकारी आदेश जारी गर्दै प्रतिबन्धलाई स्थगित गर्ने बताएपछि टिकटकले सेवा पुनः सुरु गरेको जनाएको बताइएको छ ।  टिकटकले प्रयोगकर्तालाई एउटा पपअप मेसेजमार्फत धन्यवाद दिएको छ, जसमा ट्रम्पको नाम उल्लेख गरिएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई ‘आवश्यक स्पष्टता र आश्वासन’ दिएकोमा धन्यवाद दिएको छ । 

यसैबिच टिकटकका सिइओ शोउ च्यु सोमबार हुने ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटक माथिको प्रतिबन्धलाई समर्थन गरेको थियो । यस निर्णयपछि आइतबारदेखि नयाँ कानुन लागु भएको थियो । उक्त कानुन अनुसार टिकटकले अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्नुपर्ने व्यवस्था थियो । तर, ट्रम्पले कार्यकारी आदेशमार्फत यो प्रतिबन्धलाई ९० दिनसम्म स्थगन गर्न सक्ने प्रावधानको उपयोग गर्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

टिकटक प्रतिबन्धको विषयमा ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीभित्र मतभेद देखिएको छ । ट्रम्पले टिकटकका लागि नरम नीति अपनाए पनि रिपब्लिकन नेताहरूले यो एपलाई अमेरिकामा पुनः सञ्चालन गर्न दिने कम्पनीहरू कानुनी कारबाहीको जोखिममा पर्ने चेतावनी दिएको बिबिसीले लेखेको छ ।  







  • प्रकाशित मिति : ९ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया