logo-img

संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषद्‌को निर्णय
फाइल तस्बिर

मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । यसअघि वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । 

विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।
 







  • प्रकाशित मिति : ७ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया