logo-img

अहिलेसम्मका सबै शिक्षक पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : शिक्षामन्त्री भट्टराई

शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरू पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छन् । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिँदै उनले शिक्षकहरूको कन्फ्युजन स्पष्ट पार्दै ऐन बन्नु भन्दा पहिलाका शिक्षकहरू पेन्सन प्रावधानमा समावेश हुने जानकारी दिइन् । 

उनले भनिन्, ‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा भन्ने आयो । यसमा शिक्षकहरूलाई केही कन्फ्युजन थियो कहिलेबाट भनेर । आज मन्त्रिपरिषद्को बैठकमा मैले यो विषय प्रवेश गराए । बैठकमा के कुरा भयो भने जहिलेबाट ऐन बन्यो, त्यहीबाट नै हो लागू हुने, त्यो भनेको ०८१ सालबाट मात्रै लागू हुन्छ । त्यसभन्दा अगाडिको सबै शिक्षकहरू पेन्सन प्रावधानमा समावेश हुनुहुन्छ भनेर स्पष्ट पार्नुभएको छ ।’ 







  • प्रकाशित मिति : ५ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया