संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छन् ।
आज उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक लेखा समितिको बैठक र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेका हुन् ।
बिहान ११ः३० बजे बस्ने उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीबारे छलफल हुनेछ ।
यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा सुरु हुनेछ । बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय र समितिमा प्राप्त उजुरीउपर सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
दिउँसो ३ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।