logo-img

एमालेले बोलायो सचिवालय बैठक, वामदेवबारे छलफल हुने
फाइल तस्बिर

सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

मंगलबार च्यासलस्थित केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।

वामदेवले पछिल्ला दिनमा एमाले अथवा एकीकृत समाजवादी पार्टीमध्ये कुन पार्टीमा जाने भन्ने विषयमा सम्वाद चलाइरहेका थिए । तर, एकीकृत समाजवादीसँग सहमति हुन नसकेपछि उनी एमालेमै फर्किने निर्णयमा पुगेका हुन् ।   

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको प्रतिक्रिया दिएका थिए ।  



 





  • प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया