नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका छन् । उनलाई क्यानले अनुशासनको कारबाही गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला सन्दीपले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए ।
उनले १० जनवरीमा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीलाई असर पुग्ने बताएका थिए ।
सोही विषयमा उनलाई कारबाही गरिएको क्यानले जनाएको छ ।
सन्दीपलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधेको छ । उनले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।