logo-img

निरन्तर तेस्रो दिन पनि बढ्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि त्यो क्रमलाई निरन्तरता दिएको हो । 

आज नेप्से परिसूचक ५.०८ अंक बढेर २६१३.०८ विन्दुमा पुगेको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १ अंक बढेको छ । आज फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ । 

आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता सेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा ६ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।



विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको २३ करोड ७६ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा  सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता सेयर किनबेच भएको छ ।





  • प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया