logo-img

चार संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक बस्दै छन् । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । 

बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरिँदै छ । 

यसैगरी, प्रतिनिधि सभाअन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।   

यस्तै, आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ भने बैठक बिहान ११ बजे बस्दैछ । 



राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको ३७ औँ बैठक पनि आज बस्दैछ । साढे ११ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ ।  





  • प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया