logo-img

भारतको महाराष्ट्रमा रेल दुर्घटना : ११ यात्रुको मृत्यु, ५० भन्दा बढी घाइते

भारत महाराष्ट्रमा रेल दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको हल्लाका कारण यात्रुहरू ट्रेनबाट फाल हालेपछि घटना भएको थियो ।

पुष्पकल एक्सप्रेसको बी ४ बोगीमा बिजुली सर्ट भएको थियो । त्यसलाई ट्रेनमा आगो लागेको भन्ने ठानेर केही यात्रुले ट्रेनलाई आकस्मिकरूपमा रोक्न चेन तानेका थिए । लगत्तै ट्रेन ट्रयाकबाट बाहिरिएको थियो । 

यसबीच यात्रुहरू ट्रेनबाटै हाम फालेकाले क्षति पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा केही नेपाली नागरिक पनि परेको बताइएको छ । यद्यपि यसको पुष्टि हुन बाँकी छ । 





  • प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया