logo-img

च्याम्पियन्स लिगमा मड्रिडको सानदार जित

रियल मड्रिड च्याम्पियन्स लिगमा आरबी साल्सबर्गविरुद्ध ५–१ को सानदार जित निकालेको छ ।

बिहीबार बिहान स्यान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा रियलको जितमा रोड्रिगो र भिनिसियस जुनियरले दुई/दुई तथा केलियन एमबाप्पेले एक गोल गरे । 

साल्सबर्गका लागि बिड्सट्रुपले एक गोल फर्काए । यो जितपछि रियलले ७ खेलबाट १२ अंक जोडेको छ । ऊ अहिले तालिकाको १६ औं स्थानमा छ । २१ अंक रहेको लिभरपुल तालिकाको शीर्षमा छ ।

बिहीबार भएको अन्य खेलमा इन्टर मिलान, आर्सनल, एसी मिलान, सेल्टिक, साख्तरले पनि जित निकालेका छन् । 





  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया