इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि अभिषेक शर्माले सानदार पारी खेले । उनले ३४ बलमा ८ छक्का र ५ चौकासहित ७९ रनको पारी खेलेका हुन् । यस्तै, तिलक बर्माले सञ्जु सामसनले २६ र अविजित १९ रन बनाए ।
इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले दुई र आदिल राशिदले एक विकेट लिए ।
त्यसअघि कोलकाताका लागि इेडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा १ सय ३२ रन बनायो । उसका लागि कप्तान जस बटलरले अर्धशतकीय पारी खेले ।
उनले ४४ बलमा ८ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए । यस्तै, ह्यारी ब्रुकले १७ तथा जोफ्रा आर्चर १२ रनमा आउट भए । भारतका लागि वरुण चक्रवर्तीले तीन, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदीप सिंहले दुई/दुई विकेट लिए ।
यो जितसँगै भारतले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।