नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । दिउँसो ३ बजे हुने उद्घाटन खेलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज र संकटा क्लब आमनेसामने हुनेछन् ।
प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने आयोजकले जनाएको छ । १७ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । नकआउट फुटबल प्रतियोगितामा जित्ने टोली सिधै सेमिफाइनल प्रवेश गर्नेछ ।
प्रतियोगिताका लागि सबै टिम तयार रहेको बताएका छन् । बुधबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै टिमका कोच र कप्तानले लामो समयदेखि रंगशालामा प्रतियोगिता नभएको अवस्थामा सभापति कप आयोजना हुनु खेल र खेलाडीका लागि राम्रो अवसर रहेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २६ लाख प्राप्त गर्दा उपविजेता टिमले १३ लाख पाउने छ । यसैगरी प्रत्येक खेल खेल्ने दुवै टिमलाई म्याच मनीको रूपमा नगद ५०/५० हजार प्रदान गरिने छ भने प्लेयर अफ दी म्याच खेलाडीले १५ हजार पाउने छन् ।
प्रतियोगिताको टिकट मूल्य भिआईपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ तोकिएको प्रतियोगिता संयोजक मनिष जोशीले जानकारी दिए । सभापति कपको टिकट खल्ती एपबाट खरिद गर्न सकिने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।