logo-img

महाराष्ट्रमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, चारजना नेपालीको सनाखत

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको हो । 

मृतकमध्ये चारजना नेपाली रहेको खुलेको छ । दुर्घटनामा मृत्यु हुने नेपालीमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेका छन् । उनीहरूको नेपालको ठेगाना भने खुल्न बाँकी छ । 

बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफबाह फैलिँदा यात्रुहरूले ट्रेनबाट हाम फालेका थिए । यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए ।

पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो ।





  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया