नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय तथा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा खरिद/बिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।